janayatra

एसीसी प्रिमिअर कपमा मलेसिया बिरुद्ध नेपालको पहिलो जित ।

Author जनयात्रा बुधबार, ०६ वैशाख २०८०

views
एसीसी प्रिमिअर कपमा मलेसिया बिरुद्ध नेपालको पहिलो जित ।

काठमाडौँनेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमिअर कपमा मलेसियालाई ६ विकेटले पराजित गर्दै सुरुवाति खेलमा विजयी भएको छ। प्रतियोगिताको उद्घाटनको दिन मङ्गलवार मलेसियाले कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोज्दै ९ विकेटको क्षतिमा २३५ रन जोडेको थियो। मध्यम स्कोरको चुनौती पछ्याउन आएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। यो मलेसिया विरुद्ध नेपालको लगातार छैटौँ जित हो। विश्वकप लीग-२ को पछिल्लो आठ खेल जितेको नेपाललाई कीर्तिपुरको घरेलु मैदानमा आजको खेल जित्न ठूलो सङ्घर्ष गर्नु परेन। एसीसी प्रिमियर कपको विजेता एसिया कपमा छानिनेछ भने शीर्ष तीनमा रहने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC