janayatra

सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण लडाई ।

Author जनयात्रा आइतबार, ०३ वैशाख २०८०

views
सुडानमा सेना र अर्धसैनिक बलबीच भीषण लडाई ।

काठमाडौँसुडानको सेना र एउटा कुख्यातअर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ जारी रहेको र हालसम्म कम्तीमा तीन जनाको ज्यान गइसकेको छ। त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ। भिडिओहरूमा खार्तुम विमानस्थलमा एउटा गैरसैनिक विमानमा आगो लागेको देखाइएको छ। साउदी एयरलाइन्स साउदीआले आफ्नो एयरबस विमान "दुर्घटना"मा परेको बताएको छ। अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छ तर सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ। भिडन्तबाट बच्न सर्वसाधारणहरूले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन्। पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेको बताईएको छ। रोयटर्स समाचार संस्थाले सहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ। यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको आफ्नो एउटा शिविरमा हमला भएको बताएको थियो। सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ। नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने समय तालिकामा बनाएको छ। आरएसएफले त्यसलाई १० वर्ष पछिसम्म धकेल्न खोजेको थियो तर सेनाले त्यो दुई वर्षमा भई सक्नुपर्नेमा जोड दियो। यसै सातादेखि तनाव बढेपछि बिहीवार आरएसएफले मेरोवेमा सैन्य आधार नजिकै आफ्ना फौजलाई तैनाथ गरेको थियो। जेनरल बुरहानले प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो द्वितीय वरीयताका कमान्डरसँग कुरा गर्न इच्छुक रहेको बताएका छन्। पश्चिमी र क्षेत्रीय नेताहरूले दुवै पक्षलाई तनाव कम गर्न र नागरिक शासन पुनर्स्थापना गर्ने उद्देश्यसहितको वार्तामा फर्कन आग्रह गरेका छन्। बिबिसि बाट ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC