प्रदेशको बेरुजु २८ अर्ब पुग्यो ।
काठमाडौं–प्रदेश सरकारहरुमा बेरुजु बढेको छ । प्रदेश मध्य सबैभन्दा धेरै बेरुजु कर्णाली प्रदेशको देखिएको छ । बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४.४३ प्रतिशत अर्थात १ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बेरुजु देखिएको हो । यस्तै सबैभन्दा कम बेरुजु गण्डकी प्रदेशमा १.२४ अर्थात ४९ करोड ३५ लाख रुपैयाँ देखिएको छ । कोशी प्रदेशको ३.३० प्रतिशत बजेट यस्तै १ अर्ब ६४ करोड ६३ लाख बेरुजु देखिएको छ । मधेशको १ अर्ब १६ करोड ३३ लाख अर्थात २.६९ प्रतिशत, बागमतीको गत आर्थिक वर्षमा १ अर्ब ५ करोड ३१ लाख गरी १.३७ प्रतिशत बेरुजु देखिएको छ । लुम्बिनी प्रदेशले १ अर्ब ४९ करोड ८१ लाख अर्थात २.६२ र सुदूरपश्चिम प्रदेशको २.५८ प्रतिशत अर्थात ९१ करोड ९६ लाख बेरुजु देखिएको हो ।