janayatra

युक्रेनमा पश्चिमा देशका बिशेष सैनिकहरू रहेको खुलासा ।

Author जनयात्रा बिहिबार, ३० चैत २०७९

views
युक्रेनमा पश्चिमा देशका बिशेष सैनिकहरू रहेको खुलासा ।

काठमाडौँयुक्रेन युद्धबारे चुहिएका झन्डै १०० वटा गोप्य अमेरिकी दस्तावेजमा युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ। एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले थप पुष्टि गरेको छ। चुहिएका दस्तावेजहरूले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ। जसमा युक्रेनको वसन्त याममा गरिने भनिएका प्रत्याक्रमणको तयारीका संवेदनशील विवरणहरू समेत छन्। अमेरिकी सरकारले उक्त चुहावटको स्रोतबारे आफूले अनुसन्धान गरिरहेको भनेपनी युक्रेनको पछाडी मुख्य हात कसको छ भन्ने बारे यसले पुष्टि गरिदिएको छ । युक्रेनमा कुन देशका कति सैनिक छन भन्ने बारे उक्त चुहिएको दस्तावेजका अनुसार यूकेले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता पठाएको छ। त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र द नेदरल्यान्ड्सले एउटा पठाएका छन्। उक्त दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे नखुलाएपनि । सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्छ।तर स्पेसल फोर्सभनिने विशेष फौजहरू उनीहरूका स्वभावैले निकै प्रभावकारी हुन्छन्। युक्रेनमा रहेको उनीहरूको उपस्थितिले मस्कोलाई क्रुद्ध पार्न सक्छ। पछिल्ला महिनामा रुसले आफू युक्रेनसँग मात्र नभएर नेटोसँग लडिरहेको तर्क गर्दै आएको थियो त्यो उक्त घटनाले थप पुष्टि गरेको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC