janayatra

आन्दोलनलाई निर्णाक बनाउन किसान मजदुर संघर्ष समितिको आम जनतालाई अपील ।

Author जनयात्रा बुधबार, २९ चैत २०७९

views

काठमाडौँमिटर ब्याज तथा ठगी बिरुद्ध किसानमजदुर संघर्ष समिति नेपाल यति बेला ६ बुँदे मागसहित सरकारसँग वार्तामा रहेको छ । वार्ता स्वयं पनि आन्दोलनकै एउटा हिस्सा रहने भएकाले सरकारसँग गम्भीरतापूर्वक वार्तामा बसेक जनाएको छ । यद्यपी सरकारले पटकपटक सम्झौता र वार्ताका नाममा पिडितका समस्याहरु सम्बोदन गर्न इमानदारिता नदेखाएक अनेकौँ दृष्टान्त रहेको बताएको छ । संघर्ष समितिले मिटर ब्याजजस्तो गम्भीर आर्थिक तथा सामाजिक समस्यालाई सदाका लागि अन्त्य गर्ने निर्णायक वार्ताको पक्षमा रहेको त्यसैले यसपटक अन्य संघर्षका कार्यक्रम र वार्तालाई समानान्तर रुपमा अघि बढाउदै आएको छ सरकार पक्षसँग वार्ता चलिरहेकै समयमा आन्दोलनस्थल शान्तिबाटिकामा आज (मंगलबार) देखि थप धर्ना सुरु गरेको छ उसले भनेको छ धर्नास्थल शान्तिवाटिकामा उपस्थित भइ शोषित तथा उत्पीडित किसानमजदुरमाथिको अत्यन्त क्रुर तथा अमानवीय शोषणविरुद्ध ऐक्यबद्धता जाहेर गरी आन्दोलनलाई न्यायीक निश्कर्षमा पुर्याउने कार्यमा सहयोग गरिदिनुहुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बौद्धिक जगतलगायत सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । अपील सहित ।


© 2026 janayatra.com All rights reserved. | Design by OWC