janayatra

वायु प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ।

Author जनयात्रा मङ्गलबार, २८ चैत २०७९

views
वायु प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ।

काठमाडौँवायु प्रदूषण र त्यसले स्वास्थ्यमा पार्ने असरबारे जनचेतना निकै कम छ ।यसबारे आम जनता र बिरामिलाई पर्याप्त जानकारी दिइँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ९९ प्रतिशत मानिस प्रदूषित वायु भएको ठाउँमा बस्छन् । वायु प्रदूषणकै कारणले बर्सेनि ७० लाखको मृत्यु हुन्छ । नेपालमा बर्सेनि ४२ हजार १०० जनाको मृत्यु वायु प्रदूषणको कारण हुन्छ । काठमाडौंमा मात्र पाँच हजारभन्दा बढेको मृत्यु वायु प्रदूषणको कारण हुने गरेको छ । वायु प्रदूषणको विभिन्न स्रोतमध्ये गाडीको धुवाँ एउटा प्रमुख स्रोत हो । अहिले बढ्दो सहरी करणले गर्दा गाडीहरूको संख्या बढेको छ । गाडीको संख्या बढेसँगै गाडीबाट निस्कने धुवाँको मात्रा धेरै बढेको छ ।

अधिकारीहरुका अनुसार काठमाडौं लगायत सहरी क्षेत्रमा वायु प्रदूषणको प्रमुख कारक सवारीबाट निस्कने धुवाँ नै भएको बताउँछन् । सवारीबाट निस्कने रसायनयुक्त धुवाँ मानव शरीरभित्र सहजै प्रवेश गर्ने भएकाले त्यो बढी हानिकारक हुन्छ । सहरी क्षेत्रमा वायु प्रदूषणको प्रमुख कारक सवारीसाधनको धुवाँ हो भने गाउँमा दाउरा तथा गुइँठा बालेर खाना पकाउँदा निस्कने धुवाँ । अन्य धुवाँ धुलो र गाडीबाट निस्कने धुवाँ दुवै उत्तिकै हानिकारक हुन्छ । सबै प्रकारको धुवाँमा विभिन्न प्रकारको टक्सिक ग्याँस नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड निस्कन्छ, जसले हाम्रो शरीरमा विभिन्न स्वास्थ्य समस्या निम्ताउने गर्दछ।

प्रदूषित हावाको सम्पर्कमा आउने बित्तिकै साधारण स्वास्थ्य समस्या जस्तै नाक चिलाउने, आँखा चिलाउने, खोकी लाग्ने, छातीसम्बन्धी संक्रमणको जोखिम बढ्ने र ब्रोन्काइटिस जस्तो अल्पकालीन असर देखा पर्छ । हावामा हुने धुवाँ र मसिना धुलोका कणले रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । लामो समयसम्म प्रदूषित हावामा सास फेरेका मानिसहरूलाई सीओपीडी लगायत दम रोगको समस्या, आस्थामा दम भएका मानिसलाई पटकपटक आस्थामा बिग्रिने समस्याफोक्सो क्यान्सरको समस्या र मुटुको रक्त धमनी समस्याको जोखिम निम्त्याउने गर्दछ। बायुप्रदुषणको असर पछिल्लो समय औद्योगिकीकरण भइरहेका साना सहरहरूमा पनि देखिएको स्वास्थ्य अधिकारिहरु बताउँछन् ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC