janayatra

रामेछाप जिप दुर्घटनामा ४ जनाको मृत्यु ।

Author जनयात्रा शुक्रबार, २४ चैत २०७९

views
रामेछाप जिप दुर्घटनामा ४ जनाको मृत्यु ।

काठमाडौँ रामेछापको मन्थली नगरपालिका७ को कौछिनी (मगर गाउँ नजिक) भएको जिप दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ  रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन्  दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ 

© 2026 janayatra.com All rights reserved. | Design by OWC