janayatra

न्यायका लागि मिटरब्याजपीडित जनताहरु पैदल यात्रा गर्दै काठमाडौंमा ।

Author जनयात्रा सोमबार, १३ चैत २०७९

views
न्यायका लागि मिटरब्याजपीडित जनताहरु पैदल यात्रा गर्दै काठमाडौंमा ।

काठमाडौँ महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडित जनताहरू आइतबार काठमाडौं आइपुगेका छन् ुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल यात्रा गर्दै राजधानी आइपुगेका हुन् प्रधानमन्त्रीलाई आफ्ना पीडा सुनाउन महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर आएका मिटरब्याजपीडित संघीय राजधानी काठमाडौँ प्रवेश गरेकाहुन । शनिबार राति मकवानपुरको फाखेलमा बास बसेका उनीहरू भोलिपल्ट बिहानै हिँडेर चन्द्रागिरि नगरपालिकाको मातातीर्थ हुँदै काठमाडौं छिरेका हुन् माइतीघरमा धर्ना बस्ने उनीहरूको तयारी विभिन्न जिल्लाबाट भेला भएका मिटरब्याजपीडितहरू गत जेठ २८ देखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ मा सम्झौता गरेको थियो त्यही सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि राज्यलाई दवाव दिन काठमाडौं आएका हुन् गृह मन्त्रालयले ६ महिनाअघि गरेको सम्झौतामा मिटरब्याजी सुदखोरहरूले धनसम्पत्ति लिन गरेका लिखत वा मौखिक धम्कीबाट किसानलाई मुक्त गर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउने उल्लेख छ साँवाब्याज चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि भए अन्तरनिकाय समन्वय गर्ने भनिएको तर उक्त सम्झौता अहिले अलपत्र जसले गर्दा सुदखोरहरुले जनतालाई चरम दुख दिईराखेकाछन् । राज्यले पिडित जनताहरु सँग पटक पटक उदारो सहमति गर्छ र पिडितहरुलाई पिडा थपीरहन्छ । हेर्दा देशमा तिन तहका सरकारहरु छन् हजारौँको सख्यामा जनप्रतिनिहरुछन् तर उत्पिडित जनताको पिडा बोली दिने र सुनिदिने कोहिपनि छैन यस्तो बेला उत्पिडित जनताहरुले न्यायको लागी सडक सङघर्ष गर्नुको बिकल्प छैन ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC