janayatra

राहुल गान्धीको सांसद पद खारेज ।

Author जनयात्रा शनिबार, ११ चैत २०७९

views
राहुल गान्धीको सांसद पद खारेज ।

काठमाडौँ चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको छ  लोकसभा सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको   यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ  सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा 'किन सबै चोरका थर मोदी छ ?' भनेको आरोप लागेको छ 

© 2026 janayatra.com All rights reserved. | Design by OWC