janayatra

चिनियाँ राष्ट्रपतिमा सी जिन्पिङ तेस्रो कार्यकाल नियुक्त ।

Author जनयात्रा शनिबार, २७ फागुन २०७९

views
चिनियाँ राष्ट्रपतिमा सी जिन्पिङ तेस्रो कार्यकाल नियुक्त ।

काठमाडौँचिनियाँ कम्युनिस्ट पार्टीका नेता सी जिन्पिङ पार्टी र देशको कुशल नेतृत्व गर्न सफल भएकाले देशको राष्ट्रपति पदमा तेस्रो कार्यकाल चयन हुनुभएको छ। ६९ वर्षीय सी कैयौँ पुस्तापछि चीनको सबैभन्दा प्रभावशाली नेता बन्नु भएको हो। चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको भूमिका धेरैजसो आलङ्कारिक रहने गरेको भएता पनि। सीको शक्ति कम्युनिस्ट पार्टीको महासचिव र चिनियाँ सैन्य आयोगको अध्यक्षका रूपमा आउँछ। टू सेसन्स भनिने न्याश्नल पीपल्स कङ्ग्रेस (एनपीसी) र चाइनिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का यस साताका बैठकहरूले चीनमा आउँदा वर्षको लागि कस्तो बाटो देखाउने भन्ने झलक दिने भएकाले तिनलाई चासोपूर्वक हेरिएको छ। माओ त्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकालसम्म पदमा रहने सीमा राखिएको थियो तर सन् २०१८ मा उक्त व्यवस्थालाई परिवर्तन गरेपछि सी जिन्पिङ माओपछिको प्रभावशाली नेताका रूपमा देखिनु भएको हो।

© 2026 janayatra.com All rights reserved. | Design by OWC