janayatra

राप्रपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने ।

Author जनयात्रा बिहिबार, २५ फागुन २०७९

views
राप्रपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने ।

काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) बिहीबार हुने राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए  राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको जानकारहरु बताउछन् । राप्रपाले राजसंस्था पुन:स्थापना र हिन्दुराज्यको माग गर्दै आएको भएपनी सम्सदवादी दल एमाले सँग चुनावी तालमेल गरेको थीयो भने एमालेकै सरसहयोगमा प्रचण्डको नेतृत्वमा सरकारमा समेत सहभागी भएको थियो । यसअघि २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा राप्रपाले एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत हालेको थियो । त्यसबेला संघीय संसद्‌मा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन एक जनामात्रै सांसद थिए । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ । राप्रपाको मतभार २ हजार ४५० रहेको छ । संघमा १४ र प्रदेशमा २८ सांसद छन् 

© 2026 janayatra.com All rights reserved. | Design by OWC