janayatra

अनाथालय प्रमुख बालिका बलात्कार अभियोगमा थुनामा पठाइए ।

Author जनयात्रा शुक्रबार, १९ फागुन २०७९

views

काठमाडौँधनगढी कञ्चनपुरमा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ । भीमदत्त नगरपालिका४ को समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अनाथालयमा आश्रित बालिकालाई एक वर्षदेखि जबर्जस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका चन्दलाई थुनछेक बहसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।चन्दले अनाथालयमा आश्रित नाबालिकालाई औषधी खुवाएर गर्भपतन गराएको पनि अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । अनाथालय प्रमुख चन्द १७ माघमा पक्राउ परेका थिए ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC