janayatra

नेपाली राष्ट्रिय फुटबल टिममा नयाँ प्रशिक्षक नियुक्त ।

Author जनयात्रा बिहिबार, १८ फागुन २०७९

views
नेपाली राष्ट्रिय फुटबल टिममा नयाँ प्रशिक्षक नियुक्त ।

काठमाडौँ अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्‍जो अल्बर्टो एनिसलाई बुधबार नियुक्त गरेको छ  एन्फाको सातदोबाटोमा बसेको बोर्ड बैठकले उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि नेपाली टिमका प्रशिक्षक रहेका कुवेतका अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएपछि यो पद खाली रहेको थियो  त्यसपछि भएका दुई मैत्रीपूर्ण खेलमा भने छोटो समयका लागि प्रदीप हुमागाईं र प्रवेश कटुवालले राष्ट्रिय टिम सम्हालेका थिए । भिन्सेन्जो नेपाली राष्ट्रिय टिम सम्हाल्ने पहिलो इटालीका प्रशिक्षक हुनेछन्  एन्फाले मुख्य प्रशिक्षक पदका लागि आवेदन माग गर्दा भिन्सेन्जोले मात्र भौतिक रूपमा उपस्थित भएर अन्तर्वार्ता दिने प्रक्रिया पूरा गरेका थिए 

© 2026 janayatra.com All rights reserved. | Design by OWC