janayatra

कर्णाली प्रदेशमा एकातिर भोक अर्कोतिर जमिन बाँझै ।

Author जनयात्रा बुधबार, १७ फागुन २०७९

views
कर्णाली प्रदेशमा एकातिर भोक अर्कोतिर जमिन बाँझै ।

काठमाडौँकर्णाली प्रदेश सरकारले बाँझो जमिन सदुपयोग गर्ने नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो । कर्णालीमा बर्सेनि खाद्यान्न अभाव हुने गर्दछ । भोक र रोगले छटपटाएको कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्कमा उल्लेख छ देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक ृषिमा निर्भर छन् दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा तीन लाख ३९ हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको अधिकारीहरु बताउछन । जबकी कर्णालीमा वार्षिक तीन लाख ५८ हजार तीन सय १६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । बाँझो जमिन उपयोग गर्न प्रदेश सरकारले फलफूल, तरकारी खेती लगायतका नितिगत ब्यवस्थामा बनाएपनि उक्त नितिलाई ब्यवहारत कार्यन्वयन नभएको र भएको पनि सत्ताशक्तिको पहुँचमा भएकाहरुले ब्यापक दुरुपयोग गर्ने रोगबाट कर्णालि सरकार अछुत्तो नरहेको जानकारहरु बताउछन् । जसले गर्दा एकातिर नितिगत ब्यवस्थालाई आधार बनाएर राज्यको ठुलो धनरासि खर्च हुने अर्को तिर खर्च गरिएको रकम लछीत ब्यक्तिमा नपुग्दा प्रतिफल सुन्य हुने र त्यसको मार आम कर्णालिका जनताले भोग्नु पर्ने देखिन्छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC