janayatra

नेपाल सरकारको निर्णय,शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने ।

Author जनयात्रा मङ्गलबार, १६ फागुन २०७९

views
नेपाल सरकारको निर्णय,शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने ।

काठमाडौंनेपाल सरकारले आज शहीद घोषणा गरेकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शहीद घोषणा भएर पनि राजपत्रमा प्रकाशित नभएका कारण त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छएक मन्त्रीले भने । उनका अनुसार उक्त शहीदहरुको नामावलीमा ०६२/०६३ सालको संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुको नाम समावेश छ । स्रोतका अनुसार सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो । उक्त घोषणा राजपत्रमा प्रकाशित नभएका कारण सार्वजनिक हुन सकेको थिएन । त्यसैलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय सरकारले गरेको हो ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC