janayatra

चुलीदो ब्यापार घाटा ।

Author जनयात्रा बिहिबार, ११ फागुन २०७९

views

काठमाडौँ भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्त सम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । विभागका अनुसार सो अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड पुगेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा १८.७१ प्रतिशतले कमी हो । गत वर्ष सो अवधिमा व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको थियो  सात महिनामा कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात भएको छ । आयात गत वर्षको यसै अवधिको तुलनामा १९.९० प्रतिशतले कम हो तर निर्यात भने २९ प्रतिशतले घटेको छ । साउनदेखि माघसम्म कुल ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु मात्रै निर्यात भएको छ । गत वर्ष यस अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोडको निर्यात भएको थियो 

© 2026 janayatra.com All rights reserved. | Design by OWC