janayatra

पोखरा विमान दुर्घटनामा अहिलेसम्म ६२ जनाको शव भेटियो ।

Author जनयात्रा सोमबार, ०२ माघ २०७९

views

पोखरामा अवतरणका क्रममा आइतवार बिहान दुर्घटनामा परेको यति एअरलाइन्सको विमानमा सवार ६२ जनाको शव फेला पारिसकिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अधिकारी अनुसार २९ जनाको शव विमान खसेको खोँचबाट निकालेर अस्पताल पठाइएको छ भने अहिलेसम्म कोही जीवितै फेला परेका छैनन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ। नेपाली सेनाका अधिकारीहरुले गरेको जानकारी अनुसार अहिलेसम्म घाइते अवस्थामा कसैलाई पनि फेला परेका छैनन् । यसअघि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले "गम्भीर अवस्थामा फेला परेका दुई जनालाई जीवितै उद्धार गरेर अस्पताल पठाइएको" बताएका थिए। खोजी तथा उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

© 2026 janayatra.com All rights reserved. | Design by OWC