janayatra

२० लाख धरौटीमा सन्दीपलाई रिहा गर्न अदालतको आदेश ।

Author जनयात्रा शुक्रबार, २९ पुस २०७९

views
२० लाख धरौटीमा सन्दीपलाई रिहा गर्न अदालतको आदेश ।

काठमाडौँ क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो  उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए । उनलाई विदेश जान भने रोक लगाइएको छ  सन्दिप गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए  जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए। त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए।

© 2026 janayatra.com All rights reserved. | Design by OWC