शंखरापुरका देशभक्त जनतालाई पेस्तोल ताक्ने इन्स्पेक्टर माथि छानबिन सुरु ।
काठमाडौ–काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा
आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक
(इन्स्पेकटर) विशाल बहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी
निरीक्षक बुढाथोकी माथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । शंखरापुर
नगरपालिका-३ बोझनीमा एमसिसिले विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा
स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । गत शुक्रबार
स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त
बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी
स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए । 