janayatra

मानव शरीर माटो बनाउन कानुनी मान्यता ।

Author जनयात्रा बुधबार, २० पुस २०७९

views
मानव शरीर माटो बनाउन कानुनी मान्यता ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यले मानव शरीर कुहाएर प्राङ्गारिक मल बनाउने विधि ह्यूमन कम्पोस्टिङवैधानिक मान्यता दिएको छ। अब मृत्यु भएपछि मानिसको शरीरलाई केही सातामै माटो बनाउन सकिनेछ। शव समाधिस्थलमा गाड्नु वा दाहसंस्कार गरेर जलाउनुभन्दा यो विधि पर्यावरणीय दृष्टिकोणले बढी उपयुक्त हुने ठानिएको छ। यो विधिलाई  न्याचरल अर्ग्यानिक रिडक्शनअर्थात् प्राकृतिक प्राङ्गारिक अपचयनभनिन्छ। एउटा भाँडोमा बन्द गरेर राखेको केही सातामै शरीर कुहिन्छ। सन् २०१९ मा वाशिङ्टन राज्यले उक्त विधिलाई कानुनी मान्यता दिएको थियो। त्यसपछि कोलराडो, ओरिगन, भर्मोन्ट र क्यालिफोर्नियाले पनि ह्यूमन कम्पोस्टिङलाई मान्यता दिए। त्यससम्बन्धी कानुनलाई राज्यकी गर्भनर क्याथी होकुलले शनिवार प्रमाणीकरण गरेकी हुन्। यो प्रक्रिया विशेष  रूपमा निर्मित संरचनामा गरिन्छ। काठका टुक्रा, अल्फाअल्फा नामक घाँस र परालसहित शवलाई एउटा भाँडोमा राखेर बन्द गरिन्छ। सूक्ष्मजीवहरूले शव र ती वस्तुलाई बिस्तारै गाल्छन्। झन्डै एक महिनापछि सङ्क्रामक कीटाणुलाई निष्क्रिय पार्न त्यसरी बाँकी रहेको पदार्थलाई तताइन्छ। त्यसपछि मृतकका आफन्तलाई त्यसरी बनेको माटो दिइन्छ। त्यो मलिलो माटो फूल, सागपात वा रूख रोप्न प्रयोग गर्न सकिन्छ। बिबिसि ।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC