janayatra

दलित महिलामाथि निर्घात कुटपिट ।

Author जनयात्रा मङ्गलबार, १९ पुस २०७९

views
दलित महिलामाथि निर्घात कुटपिट ।

वीरगञ्जपर्साको जगरनाथपुर गाउँपालिकामा बोक्सीको आरोपमा एक दलित महिलालाई निर्घात कुटपिट गरिएको छ । जगरनाथपुर गाउँपालिका३ खलुचडी बस्ने ६० वर्षीय दलित महिला सुदामा देवी चमईनलाई कुटपिट गरिएको हो ।उनको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । महिलोको टाउको, गर्दन र शरीरको विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ ।आईतबार साँझ घरमै घुर तापेर बसिरहेका बेला सुदामा देवीलाई छिमेकीहरुले नै कथित बोक्सीको आरोपमा कुटपिट गरेको दावी गरिएको छ । स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले मिलेर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको छोरा प्रभु महराले बताए ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC