janayatra

चिसोले गर्दा वृद्धाको मृत्यु ।

Author जनयात्रा बिहिबार, १४ पुस २०७९

views

सर्लाहीमा चिसोले कठ्यांग्रिएर एक वृद्धाको ज्यान गएको छ। बसबरिया गाउँपालिका, धनगढानिवासी ७९ वर्षीया श्रीपतिदेवी पासवानले चिसोका कारण ज्यान गुमाएकी हुन्।  आगो ताप्नका लागि दाउरा लिन गएको अवस्थामा पासमान बाटोमा लडेर अचेत भएको परिवारले जनाएको छ। उनलाई तत्काल परिवारका सदस्यले अस्पताल लगेका थिए। अस्पताल लग्दैगर्दा बाटोमै उनको मृत्यु भएको उनका छोरा बच्चेलाल पासवानले बताए। लगाउन र ओढ्न न्यानो कपडा नभएपछि पानवान चिसो छल्न दाउराको जोहो गर्न बाहिर गएकी थिइन्। बाहिर गएको अवस्थामा चिसो कठ्यांग्रिएर उनी बाटोमै लडेको अवस्थामा फेला परेकी थिइन्। वर्षेनी चिसोले कठ्यांग्रिएर थुप्रै विपन्न परिवारले ज्यान गुमाउनुपरेको छ। नयाँ पत्रीका।

© 2026 janayatra.com All rights reserved. | Design by OWC