janayatra

हिमआँधीले अमेरिकामा ६० भन्दा बढिको मृत्यु ।

Author जनयात्रा बिहिबार, १४ पुस २०७९

views
हिमआँधीले अमेरिकामा ६० भन्दा बढिको मृत्यु ।

न्यूयोर्कको बफेलो सहरमा घातक हिमआँधीका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या २८ पुगेको छ। मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्। बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी ल्याइँदै गरेको सरकारी अधिकारीले जनाएका छन्। आपत्‌कालीन अवस्थामा सहरमा विभिन्न भागमा लुटपाट भएका विवरण आएका छन्। बिबिसि।

© 2026 janayatra.com All rights reserved. | Design by OWC