janayatra

चार्ल्स शोभराज १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासित ।

Author जनयात्रा शनिबार, ०९ पुस २०७९

views
चार्ल्स शोभराज १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासित ।

काठमाडौँ सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई शुक्रबार साँझ साढे ६ बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फ्रान्सका पाठाइएको हो । केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरेको हो । केन्द्रीय कारागार सुन्धाराबाट छुटेपछि शोभराजलाई कारागार कार्यालयले शुक्रबार नै अध्यागमन विभागको जिम्मा लगाएको थियो  दुई विदेशी नागरिकको हत्या अभियोगमा दोषी ठहर भइ १९ वर्षभन्दा लामो समय काठमाडौंस्थित कारागारमा थुनिएका शोभराजलाई बुधबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो । साथै फैसलामा उनलाई १५ दिनभित्रै फ्रान्स फिर्ता पठाउन पनि अदालतले आदेश दिएको थियो । बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो शोभराजलाई कम्तीमा १० वर्षसम्म नेपाल फर्कन नपाउने भन्दै प्रतिबन्ध पनि लगाइएको छ । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC