janayatra

अमेरिका र चीनबीचको चिप युद्ध के हो ?

Author जनयात्रा बुधबार, ०६ पुस २०७९

views
अमेरिका र चीनबीचको चिप युद्ध के हो ?

अत्याधुनिक चिपहरूलाई सुपरकम्प्युटर, कृत्रिम बौद्धिकता (आर्टिफिशल इन्टेलिजन्स) तथा सैन्य सामग्रीहरूको क्षमता बढाउन प्रयोग गरिन्छ। त्यस्ता प्रविधिमा चीनको बढ्दो पहुँच र प्रयोगले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पर्ने अमेरिकाले बताएको छ। अमेरिकी वाणिज्य मन्त्रालयका अधिकारी एलन एस्टभेजले नयाँ नियमहरू घोषणा गर्दै अमेरिकाले सैन्य प्रयोगमा आउन सक्ने संवेदनशील प्रविधिहरूमाचीनको पहुँच रोक्न यथासम्भव उपाय गर्ने बताएका छन्। जोखिमको वातावरण हरदम परिवर्तन भइरहन्छ। त्यसै अनुसार हामीले चुनौती सामना गर्न सक्नेगरी नीतिहरू अद्यावधिक गरेका छौँ,” उनले भने।

स्मार्टफोनदेखि सैन्य अस्त्रको निर्माणमा समेत अत्यधिक महत्त्व बोकेको सेमिकन्डक्टर उद्योगमा चीनको प्रगतिलाई धराशायी पार्न अमेरिकाले प्रयास तीव्र पारेको छ। अक्टोबरमा वाशिङ्टनले उसका निर्यातमा व्यापक नियन्त्रण गर्ने घोषणा गर्‍यो। जहाँसुकै बनेको भए पनि अमेरिकी औजार वा सफ्टवेअर प्रयोग गरेर बनाइएका चिपलाई चीन निर्यात गर्नका निम्ति कम्पनीहरूले अनुमति लिनुपर्ने नियम लागु गरियो। साथै उसका नियमले आइन्दा अमेरिकी नागरिक वा त्यहाँ स्थायी बसोबासको अनुमति ग्रीनकार्ड प्राप्त व्यक्तिहरूलाई चिनियाँ चिप कम्पनीहरूमा काम गर्न अनुमति दिँदैन। यसरी उसले चीनतर्फ जान सक्ने अमेरिकी सीप र दक्षता रोक्ने प्रयास गरेको छ जसले उच्च प्रविधिका सेमिकन्डक्टर विकास गर्ने चिनियाँ उद्योगहरूमा असर पर्न सक्छ।

 

अमेरिकाको पछिल्लो निर्णयहरूलाई चीनले प्रविधिमा आतङ्कवादको सङ्ज्ञा दिएको छ। ताइवान, सिङ्गापुर र दक्षिण कोरियाजस्ता चिप उत्पादनमा अगुवा एशियाली देशहरूले चीन र अमेरिकाबीचको तिक्ततापूर्ण सङ्घर्षले विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भइरहेको बताएका छन्। चिप सङ्घर्षका सन्दर्भमा गत साता तीनवटा महत्त्वपूर्ण घटनाक्रम विकसित भएका छन्। बाइडन प्रशासनले एक प्रमुख चिप निर्माता वाईएमटीसीसहित थप ३६ वटा चिनियाँ कम्पनीलाई उसको एन्टिटी सूचीमा राखिदियो। यसको अर्थ अमेरिकी कम्पनीहरूले ती चिनियाँ कम्पनीलाई निश्चित प्रविधि बेच्न सरकारको अनुमति लिनुपर्छ। त्यस्तो अनुमति लिन कठिन हुन्छ। अमेरिकी नियमहरूका असर व्यापक हुनेछन्। गत साता यूकेस्थित कम्प्युटर चिप डिजाइनर कम्पनी आर्मले उसका अत्याधुनिक डिजाइन अब अलिबाबालगायतका चिनियाँ कम्पनीहरूलाई नबेच्ने बतायो।स्रोत बिबिसि ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC