janayatra

सरकार गठन सम्बन्धि राष्ट्रपतिको आह्वान प्रति प्रचण्डको टिप्पणी ।

Author जनयात्रा सोमबार, ०४ पुस २०७९

views
सरकार गठन सम्बन्धि राष्ट्रपतिको आह्वान प्रति प्रचण्डको टिप्पणी ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सात दिनको समय दिएर प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेकी छन्। राष्ट्रपति कार्यालयले आइतवार जारी गरेको वक्तव्यमा राष्ट्रपतिले पुष १० गतेसम्मको समय दिएर दलहरूलाई सरकार गठनको आह्वान गरेकी हुन। राष्ट्रपति कार्यालयलको वक्तव्यमा भनिएको छ प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतवार १७:०० बजेभित्र दाबी पेस गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ।

के भने प्रचण्डले । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरूको शपथग्रहणअगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्। पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै प्रचण्डले प्रतिनिधिसभाका सबै सदस्यहरूको शपथग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्। निर्वाचित सांसदहरूको सपथग्रहणविना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए छन। उनले सांसदहरूको शपथग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिरजस्तो बन्न गएको उल्लेख गर्दै उनले त्यसो गर्नु गलत हुने दाबी गरे। 

© 2026 janayatra.com All rights reserved. | Design by OWC