कम्युनिस्ट स्कुल भाग–१।
आज बिश्वब्यापी रुपमा अर्थ–राजनैतीक समस्या तिब्र गतिमा बढेको छ । जसले गर्दा मानब समाज भयानक समस्याबाट गुज्रीराखेको छ । यो हुनुमा मुख्य कारण आजको भुमण्डलीकरण पुँजीवादी सामाजीक ब्यवस्था भएकोमा कुनै सङका छैन । मुठ्ठीभर बुर्जुवा बर्गको हीतमा सञ्चालीत हुने पुँजीवादी ब्यवस्थाको बिकल्पमा थुप्रै ब्यक्ति र सङगठनले प्रयत्न गरेपनि बस्तुवादी बिकल्प अर्थ–राजनैतिक रुपमा क.मार्क्स र क.एङगेल्सले तयार गरेर सन् १८४८ मा घोषणा गरेको कम्युनिस्ट पार्टीको घोषणापत्रनै थियो । उक्त घोषणापत्र तयार गर्दा पुँजीवाद ब्यापारीक चरणबाट औद्यौगिक चरणमा प्रबेस गरेको थियो । कम्युनिस्ट पार्टीको घोषणापत्र जारी भएदेखिन पुँजीवादको चरम उत्पीडनमा परेको सर्बहाराबर्ग पुँजीवाद बिरुद्ध लडने सबैभन्दा क्रान्तिकारी बर्गको रुपमा सङगठित भयो र पुँजीवाद बिरोधी सर्बहारा बर्गीय मुक्ति आन्दोलन बिश्वब्यापीकरण बन्यो । कम्युनिस्ट पार्टीको घोषणापत्रले सर्बहाराबर्गलाई बैचारीक र प्रष्ट कार्यक्रमको हतियार प्रदान गर्यो । जुनहतियारको सहयोगमा सर्बहाराबर्गले आजसम्म पुँजीवादका बिरुद्ध लडाई जारी राखेको छ । पुँजीवाद बिरोधि कम्युनिस्ट आन्दोलन समयको कोणबाट हेर्दा यतिबेला लगभग १७४ बर्ष पुगेको छ । यस अबधिमा थुप्रै जित र हारले सर्बहाराबर्गीय आन्दोलन गुज्रेको छ प्रशिक्षित भएको छ । जित र हारका अनगिन्ति कारणहरु छन् ति कारणहरुलाई पहिचान गरेर बदलिएको परिस्थिति अनुसार पुँजीवाद बिरोधि क्रान्तिकारी मुक्ति आन्दोलनलाई अगाडि बढाउनु पर्नेछ । पेरिस कम्युनको जित र हारको कारणलाई केलाएर जारकालिन रुसलाई क्रान्तिकारी आन्दोलनमा क लेनिनले रुपान्तरण गरेर सर्बहारा बर्गको पहीलो समाजवादी ब्यवस्था निर्माण गर्न सफल हुनुभएको थियो । क लेनिनको नेतृत्वमा १९१७ मा सम्पन्न भएको अक्टोबर क्रान्तिको प्रेरणा सहयोगले पुँजीवाद बिरोधि कम्युनिस्ट आन्दोलन बिश्वब्यापी रुपमा बिजयको सिखर चुमेको थियो तर क माओको निधन पछी कम्युनिस्ट आन्दोलन बिश्वब्यापी रुपमा कम्जोर बन्दै गएको तितो यथार्थ हाम्रो सामु छ । एकातिर पुँजीवाद सङकटमा फँसदै जाने अर्को तिर पुँजीवाद बिरोधी कम्युनिस्ट आन्दोलनले गति पैदा गर्न नसक्नु आजका कम्युनिस्टहरुकै मुख्य हात रहेको छ । बदलीएको परिबेस अनुसार आन्दोलनलाई चलाएमान बनाएर अगाडी बढनु पर्नेमा कम्युनिस्ट आन्दोलनको वकालत गर्दै सर्बहाराबर्गीय आन्दोलनलाई भुत्ते पार्ने नव संसोधनवादी संस्कृतीको ब्यापक बिकास भएको छ । जसले गर्दा कम्युनिस्ट आन्दोलन अत्यनतै कम्जोर बनेको छ । मार्क्स ऐगेल्स कालिन चरणको पुँजीवाद नभएता पनि तर पुँजीवादको शोषण उत्पिडन गर्ने मुल बर्गीय चरीत्र बदलीएको छैन बरु नयाँ रुपमा बढेको छ । यसतो बेला कम्युनिस्ट आन्दोलनमा भएका जित र हारका कारण अध्ययन अनुसन्धानको अनिबार्य बिषय बनेको छ । त्यसका लागी बैचारीक र सैधान्तिक रुपमा मार्क्सवाद,लेनिनबाद,माओबादको गहीरो अध्ययनको जरुरत छ । उक्त अध्ययनलाई सहयोग गर्ने हेतुले कम्युनिस्ट स्कुल नामको श्रंखला प्रारम्भ गर्ने जमर्को गरेका छौँ । जसको सुरुवात कम्युनिस्ट घोषणापत्रबाट गरेका छौँ । बिषय प्रबेस ।
कम्युनिस्ट पार्टीको घोषणापत्र
युरोपमा एउटा हाउ धुमफिर गरिरहेको छ – साम्यबादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार,गीजो,फ्रेन्च उग्रबादी र जर्मन पुलिस अर्थात पुरानो युरोपका सारा सत्ताधारीहरु एक भएका छन् ।
कुन यस्तो बिरोधी पार्टी छ, जसलाई सत्ताधारीहरुले कम्युनिस्ट भनी बदनाम नगरेको होस < कुन यस्तो बिरोधी पार्टी छ जसले आफुभन्दा धेरै प्रगतिशील बिरोधी पार्टीहरुलाई र आफ्ना प्रतिक्रियाबादी बिरोधीहरुलाईसमेत कम्युनिस्ट भएको आरोप नलगाएको होस < यस तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरुले साम्यबादलाई अब एक शक्ती मानिसकेका छन् ।
अब कम्यनिस्टहरुले सम्पुर्ण संसारको अगाडि आफ्ना बिचारहरु,आफ्ना उद्देश्यहरु,आफ्ना प्रयासहरु खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ । पृष्ट २,६
बाँकि अर्को भागमा प्रस्तुत गर्नेछौँ ।
लेखक तथा अनुवादक क मुक्ति ।