janayatra

नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु ।

Author जनयात्रा शनिबार, ०२ पुस २०७९

views
नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु ।

कोभिड१९ संक्रमण सुरु भएपछि २ वर्ष रोकिएको नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु भएको छ । नेपालले सन् २०११ देखि भारतसँग नेपालभारत सूर्यकिरणसंयुक्त सैनिक अभ्यास गर्दै आएको छ  रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी   यामप्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच संयुक्त अभ्यासको उद्घाटन गरेका हुन्  विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण हो  संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन्  उक्त अभ्यास पुस १४ गतेसम्म चल्ने छ 

© 2026 janayatra.com All rights reserved. | Design by OWC