janayatra

मुग्लिन नारायणगढ सडक दैनिक ४ घन्टा बन्द हुने ।

Author जनयात्रा बुधबार, २८ मंसिर २०७९

views
मुग्लिन नारायणगढ सडक दैनिक ४ घन्टा बन्द हुने ।

मुग्लिन-नारायणगढ सडकमा पुस ५ गतेदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिने भएको छ । उक्त खण्डमा पर्ने सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने सडक विभागले जनाएको छ  कठिन भौगोलिक बनावट भएका कारण सडक सुरक्षालाई ध्यानमा राख्दै एप्रोच सडक र पुल निर्माण गर्न सवारी रोक्न लागिएको आयोजनाले जनाएको छ  मुग्लिनबाट नारायणगढतर्फ जाने खण्डमा चारवटा पुल अप्ठ्यारो पहाड काटेर निर्माण गर्नुपर्ने भएकाले केही समयका लागि सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो  सार्वजनिक रूपमा सूचना जारी गर्दै सवारी आवागमन रोकिएको र कहाँकहाँ कुनकुन सवारी रोक्ने कुरा सूचनामै उल्लेख गरिएको छ 

© 2026 janayatra.com All rights reserved. | Design by OWC