janayatra

किसानको धान छिटो किनीदिन सरकारसँग दुई महासंघको माग ।

Author जनयात्रा बिहिबार, २२ मंसिर २०७९

views
किसानको धान छिटो किनीदिन सरकारसँग दुई महासंघको माग ।

नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्व किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेका छन् । बुधबार दुई महासंघले संयूक्त रुपमा पत्रकार सम्मेलन गरी धान खरिदमा भएको ढिलाईप्रति विरोधका कार्यक्रम समेत सार्वजनिक गरेका छन्  महासंघहरुले हिउँदे खेतीका लागि आवश्यक मलको तत्काल व्यवस्था गर्न पनि माग गरेका छन् । यी माग पूरा नभए देशभरका किसान परिचालन गर्न बाध्य हुने दुई महासंघले चेतावनी दिएका छन् । कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ निर्धारण गरेको थियो । गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँ वृद्धि गरेको भएपनि लागतमूल्य र मुद्रास्फीतिका आधारमा सरकारले निर्धारण गरेको मूल्यले किसानलाई लाभ नपुग्ने महासंघहरुले जनाएका छन् 

© 2026 janayatra.com All rights reserved. | Design by OWC