janayatra

सत्ता कू को प्रयास गरेको आरोपमा जर्मनीमा २५ जना गिरफ्तार ।

Author जनयात्रा बिहिबार, २२ मंसिर २०७९

views
सत्ता कू को प्रयास गरेको आरोपमा जर्मनीमा २५ जना गिरफ्तार ।

सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको आरोपमा जर्मनीका विभिन्न ठाउँमा प्रहरीले कारबाही गरेर २५ जनालाई पक्राउ गरेको छ। जर्मनीबाट प्राप्त विवरणहरूमा जनाइएअनुसार उग्र दक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरूको समूहले संसद भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको थियो। राजकुमार हाइनरिक तेह्रौँभनिने ७१ वर्षका एक जर्मन पुरुषलाई उक्त षडयन्त्रको मुख्य योजनाकार भनिएको छ। षडयन्त्रमा उग्रपन्थी राइक्सबर्गर भनिने अभियानका सदस्य सामेल रहेको बताइएको छ।

 हिंसात्मक आक्रमण तथा जातियतावादी षडयन्त्रका हल्ला फिँजाउने विषयलाई लिएर उक्त समूह लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थियो। उक्त समूहले आधुनिक जर्मन राज्यलाई समेत अस्वीकार गर्दै आएको थियो। अहिलेको जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ ताकाको जस्तो जर्मनी राष्ट्र निर्माणको षडयन्त्रमा उक्त समूहका करिब ५० महिला तथा पुरुष सदस्य सामेल भएकव हुनसक्ने ठानिएको छ।

सङ्घीय अभियोजनकर्ताको कार्यालयकी प्रवक्ताका अनुसार हालसम्म उक्त समूहको नाम उनीहरूसँग छैन। देशभरि तीन हजार प्रहरी अधिकारी परिचालन गरेर सैन्य ब्यारेक सहिति सयौँ परिसरमा छापा मारेर तिनलाई पक्राउ गरिएको बताइएको छ। त्यहाँका न्यायमन्त्रीले त्यसलाई आतङ्कविरुद्ध कारबाही भनी व्याख्या गरेका छन्। बिबिसि ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC