janayatra

गगन रबिको कनेक्सन ।

Author जनयात्रा आइतबार, १८ मंसिर २०७९

views
गगन रबिको कनेक्सन ।

रबि लामिछानेले पटक पटक सञ्चार माध्यममा भन्ने गरेका थिए की चुनाबमा कसैसँग र कुनै पनि राजनितिक पार्टी सँग चुनावी तालमेल र सहकार्य हुदैन सम्भव छैन तर उनले पार्टी खोल्नु भन्दा पहीलानै तालमेल गर्ने कसरथ गरी सकेका थिए । त्यसको पुष्टि जव गगन र रबिको चुनावी तालमेल बारे नेपाली काँग्रेकाकै नेताहरुले मुख खोले तव छरपस्ट भईहाल्यो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको साइनोका प्रश्नहरु अहिले जोडसँग उठेको छ र ती कुरालाई पुष्टि गर्ने केही आधार पनि छन् । सबैभन्दा पहिला गगनले रविलाई शेरबहादुर देउवासँग भेटाए, बालुवाटारमा । त्यसबेला रविले पार्टी घोषणा गरिसकेका थिएनन् । तर, चुनावमा उठ्ने मनस्थिति भने बनाएका थिए । गगनले रविको क्रेजचाल पाएर कांग्रेसबाट उठाउनुपर्छ भनेका थिए । काठमाडौंको क्षेत्र छोडिदिने र आफू सर्लाही जाने मनस्थितिसहित उनी देउवाकहाँ रविलाई लिएर पुगेका हुन् । तर, देउवाले रविलाई खासै भाऊ दिएनन्। त्यसको लगतै रविले पार्टी खोले । गगनले बुझे, त्यसले सबैलाई अप्ठेरो पार्दा आफू पनि पर्ने भइयो । यसपछि भित्रभित्रै रविसँग चुनावी साँठगाँठ गर्दै अगाडि बढे । उम्मेदवारीसम्ममा गगन त्यहाँ हावी भए । कतिपय प्रत्यक्ष त कतिपय समानुपातिकमा गगनका खास मान्छेहरु उठेका छन् ।

प्रश्न छ, काठमाडौंमा कतै पनि उम्मेदवारी दिन बाँकी नराखेको घण्टीले त्यही क्षेत्र नं. ४ नै किन छोड्यो होला ? चितवन२ मा घण्टीका कारण समस्या पर्ने भएपछि राज्यमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले गगन थापालाई आफ्नो क्षेत्रमा आएर २० मीनेटमात्रै भाषण गरिदिन अनुरोध गरे । हेलिकोप्टरमा आउनेजाने व्यवस्था गरिदिन्छुसम्म भनेका थिए । यसो भन्दै १३ पटक फोन गरे, तैपनि गगन चितवन गएनन् । बरु, काठमाडौं१ मा प्रकाशमान सिंह खतरामा पर्ने भएपछि पुकार बमलाई निश्क्रिय बनाउन भूमिका खेले । शेखर कोइरालालाई मोरङ६ मा अप्ठेरो पर्ने भएपछि यादवकुमार प्रधानलाई पछाडि हटाए । तर, उमेश श्रेष्ठ उठेको ठाउँमा भाषण गर्न गएनन् । भनिन्छ, रविका उम्मेदवार भएको ठाउँमा गगन र गगनका उम्मेदवार भएका ठाउँमा रविले डिस्टर्बनगर्ने पूर्वसहमति थियो । 



© 2026 janayatra.com All rights reserved. | Design by OWC