janayatra

सरकार गठनमा माओवादी के एमाले सँग पनि तयार हुदैछ ?

Author जनयात्रा आइतबार, १८ मंसिर २०७९

views
सरकार गठनमा माओवादी के एमाले सँग पनि तयार हुदैछ ?

नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताए । बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भने, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।

एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा महराले भने, ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं । माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ। कतिपयले नेपाली कांग्रेस यसका लागि तयार नभए एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरेका छन् । एमाले नेताहरुले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन्। बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताए। अपेक्षा गरेजस्तो संघमा सफलता हासिल गर्न सकिएन भन्ने भयो’, उनले भने, ‘समग्र समीक्षा सबै परिणाम आएपछि गर्ने भन्ने भयो

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC