देश टुक्र्याउने अभियान चलाएका सीके राउत सरकारमा सहभागि हुने ।
१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । देश टुक्राउने अभियान चलाएर राजनितिमा आएका सीके राउत केपी वली सरकारको पालामा सहमति गरेर खुल्ला राजनितिमा आएका थिए । २०७९।०८।०४ गते भएको सङ्घिय तथा प्रदेश सभाको चुनावमा केही सिट जिते पछि सत्ता गठनका लागि आबश्यक सङख्या पुर्याउन कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।
त्यस क्रममा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने । यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए । यस पटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ । चुनावि जित पछि लगतै राउतले सरकार सँग भएको सहमति बारे कुरा उठाएका थिए र कार्यन्वयन नभए सरकारमा नजाने बताएका थिए तर एक्कासि सरकारमा सहभागिहुने सहमतिले सिके राउत र प्रधानमन्त्री देउवा बिच केहि समहमति भएको पक्कै आँकलन गर्न सकिन्छ ।