janayatra

काठमाडौँ उपत्यकामा सुकुम्बासिको अवस्था ।

Author जनयात्रा बिहिबार, १५ मंसिर २०७९

views
काठमाडौँ उपत्यकामा सुकुम्बासिको अवस्था ।

काठमाडौँ काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न २७ ठाउँमा सुकुम्बासीको बसोबास रहेको पाइएको छ । ती ठाउँमा ३४ सय ६६ परिवार अव्यवस्थित रुपमा रहँदै आएको सरकारी तथ्यांकमा उल्लेख छ  अधिकार सम्पन्‍न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरपालिकालाई बुझाएको तथ्यांक अनुसार महानगरमा मात्रै २२ सय ४५ घरधुरी अव्यवस्थित छन् । तथ्यांकमा ती धरधुरीलाई 'अव्यवस्थित बसोबास' भनेर उल्लेख गरिएको छ  महानगरले सोही तथ्यांक प्रयोग गर्दै आएको प्रवक्ता नवीन मानन्धरले बताए । उनले भने, ‘हामीलाई एकीकृत वाग्मती सभ्यताले अभिलेख गरेर उपलब्ध गराएको तथ्यांक नै प्रयोग गर्दै आएका छौं । महानगरले छुट्टै सुकुम्बासीको विवरणबारे तथ्यांका संकलन गरेको छैन काठमाडौं वडा नम्बर ३१ स्थित शान्तिनगरमा मात्रै ४७६ घरधुरी अव्यस्थित रुपमा बनाइएको छ । १४ नम्बरको बल्खुस्थित जागरण मार्गमा ४०१ अव्यवस्थित घरधुरी छन् । वडा नम्बर १० मा देविनगर, शान्तिविनायक र शंकमूलमा क्रमश: ४०, ३६ र १५० गरी २ सय २६ घरधुरी अव्यवस्थित रुपमा रहेको महानगरले जनाएको छ 

वडा नम्बर ११ को थापाथली र वंशीघाटमा रहेकाे सुकुम्बासी बस्तीमा ३ सय ६ वटा घरधुरी छन् । वडा नम्बर ४ स्थित धुम्बराहीमा ६ र बालुवाटारमा १४ घरधुरी अव्यवस्थित छन्  वडा नम्बर ३ मा १८९, वडा नं २९ को अनामनगरमा २३, वडा नं ३२ को जडिबुटी/मिलनचोकमा ११४, १६ को जागृति मार्गमा १२२ र बुद्धज्योतिमा ७५ वटा घरधुरी अव्यवस्थित छन् । वडा नम्बर २, २६, ९ र १५ मा २ सय ६० घर छन्  प्रवक्ता मानन्धरले काठमाडौंमा बसोबास गर्ने सुकुम्बासीको संख्या एकदमै कम रहेको दाबी गरेका छन् । उनले इकान्तिपुरसित भने,‘काठमाडौंमै बसोबास गर्ने सुकुम्बासीको संख्या एकदमै कम छ । अरु जिल्लमा बस्नेहरू आएकाहरूको संख्या यहाँ धेरै होला 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले सरकारी तथ्यांक भएकाले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकै तथ्यांक प्रयोग गरिरहेको बताए । काठमाडौं महानगरले भूमि आयोगसँग गरेको सम्झौताको बारेमा आफू त्यति धेरै अपडेट नभएको बताए  यस्तै, कागेश्वरी मनोहरा नागरपालिकाको वडा नम्बर ९ र ८मा ९० घर छन् । बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १२ र १०मा १५६ घरधुरी रहेका छन्  ललितपुर महानगरपालिकाको मिलटोल बालकुमारीमा १७ घरधुरी, भक्तपुर नगरपालिकाको मनोहरा मध्यपुर थिमि क्षेत्रमा ७७३ र गोदावरी नगरपालिका ३ स्थित गोदावरी नहरमा २१५ घरधुरी अव्यवस्थित रहेको समितिको तथ्यांकमा उल्लेख छ 

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC