janayatra

चुनाब सिकयो सुकुम्बासी माथि राज्यको ज्यादती सुरु भयो ।

Author जनयात्रा मङ्गलबार, १३ मंसिर २०७९

views
चुनाब सिकयो सुकुम्बासी माथि राज्यको ज्यादती सुरु भयो ।

१२ मंसिर,  काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । वैकल्पिक व्यवस्थाविनै महानगरले हटाउन थाले पछि सुकुम्बासीहरु प्रतिरोधमा उत्रीएका थिए । सुकुम्वासी समस्या लाखौँ जनताको देशै भरीको समस्या हो । अहीलेपनि सरकारी आँकडा अनुसार २० लाखको हाराहारीमा देशै भरी सुकुम्बासी रहेको देखाउछ । चुनाब आँउदा भोटको रुपमा होस या सत्ता प्राप्त गर्न सडक सँघर्ष गर्दा तिनै सुकुम्बासीहरु चाहीन्छन् तर जब चुनाब सकिन्छ सत्ता पाईन्छ तब तिनै सुकुम्बासी माथी सत्ताको शक्त्तीले दमन गरीन्छ र उनिहरुको अमानवीय रुपमा उठीबास लगाईन्छ ।

सत्ताको शक्त्तिले अन्धो बनेका राज्यसत्ताका शासकहरु गरीब तथा सुकुम्बासीहरु माथि दमन गर्दा आफैले बनाएका मानब अधिकार रुपी कानुनको समेत धवज्जी उडाउदै जाईलाग्ने गर्दछ । महानगर प्रहरी,नेपाल प्रहरी र शसस्त्र प्रहरी लगाएर डोजर सहीत महानगर र एकीकृत बागमती सभ्यता विकास समितिको टीमले जबरजस्ती बस्ती खालि गराउन खोज्दा झडप भएको थियो । झडप पछी महानगर बस्ती खाली नगरी फर्कीन बाध्य भएको छ ।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC