janayatra

आत्मसमीक्षा नगरे देश अप्ठेरोमा पर्न सक्छ -दाहाल ।

Author जनयात्रा शनिबार, १० मंसिर २०७९

views
आत्मसमीक्षा नगरे देश अप्ठेरोमा पर्न सक्छ -दाहाल ।

गोरखा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवार पुष्पकमल दाहालले निर्वाचनका क्रममा एजेन्डा नभएर आवेगमा देशलाई र भावावेशमा मानिसलाई भ्रमित पार्ने संकेत देखा परेको बताएका छन्  शुक्रबार गोरखामा आयोजित धन्यवाद ज्ञापन समारोहलाई सम्बोधन गर्दै दाहालले यो परिस्थितिको राजनीतिक दल र नेताहरूले एक चोटी आफैतिर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको बताएका छन् यो निर्वाचनका क्रममा विचार, सिद्धान्त, मुद्दा, एजेन्डा जे भनिन्छ, एजेन्डा होइन एउटा आवगेमा देशलाई, भावावेशमा मानिसलाई कहीँ न कहीँ भ्रमित पर्ने संकेतहरु देखा परे,’ उनले भने 

संविधानले व्यवस्था गरेको लोकतान्त्रिक प्रतिनिधित्व तथा सिंहदरबारको अधिकार प्रदेश तथा स्थानीय तहमा पुगेका कुराहरूलाई उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको दाहालका आरोप छ कसैलाई दोष र आलोचना र आरोपतिर जाँदै छैन, यो हाम्रा लागि चुनौती हो,’ उनले भने,‘राजनितिक परिवर्तन र जनताको अधिकारका लागि तथा नेपाल सार्वभौमसत्ता नगारिक बनाउन लडे ती दलहरुलाई चुनौती हो  यो परिस्थितिले विचार र सिद्धान्तको अवमूल्यन हुने खतरा देखा परेको उनले बताए मूल्य मान्यता र राजनीतिक एजेन्डा अवमूल्यन हुने खतरा देखा पर्‍यो भनेर राजनितिक नेतृत्वले सोच्नुपर्ने अवस्था आइलागेको छ,’ उनले भने । नेपाली जनताको अधिकारको सुरक्षाका लागि अन्तिम समयसम्म प्रयास र संघर्ष गर्ने पनि दाहालले बताए 

अहिले नै सबै बर्बादै भयो भन्ने केही पनि छैन,’ उनले भने,‘तर यदि राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गरेर आउने दिनका लागि जनतमा समर्पित नीति, योजना र कार्यक्रम लिएर अघि नआउने हो भने देश अप्ठेरोमा पर्न सक्छ, यसो गर्दा देश अप्ठेरोमा पर्ने भए पनि राजनीतिक नेतृत्वलाई जति गाली गरे पनि फरक पर्दैन, देश झन् ठूलो भूमरीमा पर्ने स्थिति भयो भने चाहिँ त्यो स्वीकार्य हुने स्थिति होइन  ७५ वर्षदेखि प्राप्त गरेको लोकतान्त्रिक अधिकारको रक्षार गाउँ र नगरको सिंहदरबारलाई उल्टाउने चेष्टालाई सफल हुन नदिने पनि दाहालले बताए 

© 2026 janayatra.com All rights reserved. | Design by OWC