janayatra

देशद्रोहि सिके रावत चुनावमा बिजयी ।

Author जनयात्रा बिहिबार, ०८ मंसिर २०७९

views
देशद्रोहि सिके रावत चुनावमा बिजयी ।

राजविराज सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन्  राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए 

अमेरिकाको क्याब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पीएचडी गरेका उनी २०६८ सालमा नेपाल फर्किएका थिए । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाएर नेपाली भुमि टुक्राएर अलग्गै देश बनाउने भन्दै भिन्न देशको झण्डा,राष्ट्रिय गान, समेत बनाएर नेपाल आमालाई अपसब्दले गालि समेत गरेका थिए । उनै सीके राउत २०७५ साल फागुन २४ गते केपी वली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् । उनलाई शान्तिपुर्ण राजनीतिमा ल्याउन केपी वलीले भुमिका खेलेका थिए । शान्तिपूर्ण राजनीतिमा आएपछि 'जनमत पार्टी' का रूपमा राजनीतिक दल गठन गरेका हुन् । देशलाई टूक्राएर अलग देश बनाउन लागि परेका सिके रावतको तराईमा चुनावी जितले उनको देश टूक्राउने मिशनलाई थप बल दीने र राष्ट्रिय स्वाधिन्ता माथी थप समस्या पैदा हुने देखिन्छ ।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC