janayatra

राष्ट्रघाति एमसिसि पास गर्न मुख्य भुमिका खेल्ने गगन बिजयी ।

Author जनयात्रा मङ्गलबार, ०६ मंसिर २०७९

views
राष्ट्रघाति एमसिसि पास गर्न मुख्य भुमिका खेल्ने गगन बिजयी ।

काठमाडौँ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रघाति एमसिसि सम्झौता संसदबाट पास गर्न मुख्य भुमिका खेलेर अमेरिकाको बफादार सेवक बनेर राष्ट्रघातको मसिहा बनेका थापा काठमाडौँ ४ बाट बिजयी बनेका छन् । थापाको चुनावी बिजयले  पुँजीवादी संसदीय चुनाव भनेको देश द्रोहि र जनविरोधिहरुलाई सत्ताको मालिक बनाउन मुख्य भुमिका खेल्ने गर्छ भनेर थप पुष्टि गरेको छ । देश द्रोहि र जनविरोधिहरुको चुनावी बिजयले झन आगामि दिनमा देश र जनताको अवस्था जरजर,जटिल र प्राधिन बन्दै जाने देखिन्छ।

 उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । उनको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो  उक्त क्षेत्रबाट यो उनको चौथो जित हो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं-४ बाटै निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए 

२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामै राजनीतिमा सक्रिय सहभागिता जनाएका उनी २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए । त्रिचन्द्र क्याम्पसमा २०५३ सालमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भएका थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहेका थिए ।२०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष बन्दै २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हाले थापा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका उनी हाल कांग्रेस महामन्त्रीको रुपमा रहेका छन् 

© 2026 janayatra.com All rights reserved. | Design by OWC