janayatra

निगमको बदमासि र हेलचेक्र्याईले दुःख यात्रुलाई घाटा राज्यलाई ।

Author जनयात्रा मङ्गलबार, ०६ मंसिर २०७९

views
निगमको बदमासि र हेलचेक्र्याईले दुःख यात्रुलाई घाटा राज्यलाई ।

काठमाडौँ चुस्त व्यवस्थापन नभएकै कारण नेपाल वायुसेवा निगमको बिहीबार राति ११ बजे कतारको दोहा उड्ने जहाजले ६० जना नेपाली यात्रुलाई पहिले नै जानकारी नदिई काठमाडौंमै छाडेर उडेको छ  यात्रुहरूले नागरिक उड्डयन प्राधिकरणमा बुझाएको सामूहिक उजुरीका अनुसार, विहीबार ८ बजे बोर्डिङ पासका लागि चेकइन काउन्टरमा पुग्दा निगमको यात्रु सेवा विभागका कर्मचारीले त्यहाँ पुगेपछि मात्रै ओभरबुकिङभएको बताउदै काउन्टर बन्द भइसकेको भनी ती ६० यात्रुलाई बोर्डिङ पास दिएनन्  दसैं तिहारलगायत बिदामा स्वदेश आएर फर्किन लागेका ती नेपाली यात्रुहरुले त्यहा खटिएका निगमका कर्मचारीहरुले १ सय ५८ सिट मात्रै भएको निगमको न्यरोबडी विमान भित्र सिट भरिसकेकाले लैजान नसकिनेबताएको उजुरीमा लेखिएको छ  वायुसेवाहरूको नियमनकारी निकाय प्राधिकरणमा शुक्रबार उजुरी दिन जम्मा भएका ती यात्रुहरूले काउन्टरमा निगमको यात्रु सेवा विभागबाट त्यहाँ खटिएका कर्मचारीहरुले दुर्व्यवहार पनि गरेको उल्लेख गरेका छन् 

समयमै काममा फर्किन नपाएकाले कतिपयको जागिर गुमेको र समय खेर गएकोउल्लेख गर्दै ती यात्रुहरुले निगमलाई कारबाहीको माग गर्दै क्षतिपूर्ति मागेका छन् । उनीहरूले पूर्वजानकारी नदिई निगमले आफूहरूको नउडाएकोमा कारबाहीको माग गरेका छन् ।यात्रुहरूको लिखित उजुरीपछि प्राधिकरणको हवाई यातायात विभागले निगमलाई स्पष्टीकरण सोधेको थियो । शुक्रबारको भोलिपल्ट शनिबार र आमनिर्वाचनको सार्वजनिक बिदा भएकाले निगमले यात्रु छुट्नुको कारण खुलाउदै प्रष्टीकरण दिइसकेको छैन । प्राधिकरणले स्पष्टीकरण तीन दिनभित्र बुझाउन भन्दै निगमलाई अब उप्रान्त यस किसिमका कमजोरी नगर्न सचेत गराएको छ 

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, ती यात्रुलाई निगमले पर्सिपल्ट (शनिबार, ३ मंसिर) को उडानमा दोहा पठाएको छ । निगमले भने उक्त दिनको उडानमा राखिएको वाइडबडी विमान बिग्रिएका कारण साना जहाज राख्दा सय यात्रु छुटेको जनाएको छ  एक-एक वाइडबडीमा समस्या आएकाले सानो जहाज उडाउनुपर्दा सय यात्रु छुट्न गए,’ निगमका एक निर्देशकले भने,‘तीमध्ये ४० जनालाई एकपटक र ६० जनालाई अर्कोपटक गरी दोहा पठायौं चाडपर्व सकिएलगत्तै फर्किने यात्रुको चाप अन्य वायुसेवामा अत्यधिक रहेकाले निगमले छुटेका यात्रुलाई दुई दिन सिनामंगल, गौशाला र ज्ञानेश्वरका होटलमा राखेको थियो 

© 2026 janayatra.com All rights reserved. | Design by OWC