janayatra

पैसा बाँडेको आरोपपछि एमालेका उम्मेदवार प्रहरी नियन्त्रणमा ।

Author जनयात्रा शनिबार, ०३ मंसिर २०७९

views
पैसा बाँडेको आरोपपछि एमालेका उम्मेदवार प्रहरी नियन्त्रणमा ।

काठमाडौँ मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेपछि काठमाडौं-५ (२) मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई शुक्रबार राति जिम्मा लगाएका हुन्  निरौलासहित एमालेका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ  प्रहरीले भने स्थानीयको भीडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखिएको दाबी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भीडले घेरा हालेपछि दुई जनालाई उद्धार गरी प्रहरीको सुरक्षामा राखिएको कान्तिपुरलाई बताए 'भीडले दुई जनामाथि पैसा बाँडेको आरोप लगाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ,' डीआईजी राईले भने । अहिलेसम्म पैसा भने बरामद नभएको प्रहरीले जनाएको छ 

उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् 'म क्यान्सर रोगबाट लामो समयदेखि पीडित बिरामी तोक्मान लामासँग कुराकानी गरिररहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनीतिक प्राणी हुँ । गैरराजनीतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ, मित्रहरु आरोप पुष्टि गर्नुस् । बरामद केही छ भने सप्रमाण आउनुस्,' निरौलाले फेसबुकमा लेखेका छन्  प्रहरीले निरौलालगायतलाई बुढानीलकण्ठ प्रभागमा राखिएको जनाएको छ । स्थानीयहरूले भने उनको उम्मेदवारी खारेजीको माग गर्दै प्रभाग परिसरमा नाराबाजी गरिरहेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार रातिदेखि नै मौन अवधि जारी छ । निर्वाचन आचारसंहिताअनुसार यस अवधिमा कुनै दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाइँदैन  श्रोत कान्तिपुर समाचार 

© 2026 janayatra.com All rights reserved. | Design by OWC