janayatra

हाडजोर्नी, नशा तथा मांसपेशी सम्वन्धि नेपालमा ३ प्रतिशत क्यान्सर ।

Author जनयात्रा सोमबार, २८ कात्तिक २०७९

views
हाडजोर्नी, नशा तथा मांसपेशी सम्वन्धि नेपालमा ३ प्रतिशत क्यान्सर ।

काठमाडौँ नेपालमा हुने सबैखाले क्यान्सरमध्ये झन्डै ३ प्रतिशत हाडजोर्नी, नशा तथा मांसपेशीको क्यान्सर (सार्कोमा) हुने गरेको देखिएको छ । यस्तो क्यान्सरलाई समयमै उपचार गरे हातखुट्टा काटिनुबाट जोगिनुको साथै बिरामीको ज्यानसमेत बचाउन सकिने विज्ञहरू बताउँछन्  विज्ञका अनुसार समयमै गरिएको उपयुक्त उपचारले भविष्यमा उनीहरू सामान्य व्यक्ति जस्तै जीवनयापन गर्न सक्छन् । मस्कुलोस्केलेटल अंकोलजी सोसाइटी अफ नेपालद्वारा आयोजित हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर (सार्कोमा) रोग विशेषज्ञको राजधानीमा भएको दुईदिने सम्मेलनमा विज्ञहरूले उक्त कुरा बताएका हुन्  सम्मेलनमा भारतको टाटा मेमोरियल अस्पताल तथा नेपालका हाडजोर्नी र नशा तथा मांसपेशी क्यान्सर रोगको विभिन्न विधाका दुई सयभन्दा बढी विशेषज्ञ चिकित्सकको सहभागिता थियो । सम्मेलनमा विभिन्न अस्पतालका नशा तथा मांशपेशी रोग विशेषज्ञ, सार्कोमा शल्यचिकित्सक, अंकोलजिष्ट, प्थाथोलजिष्ट, तथा रेडियोलजिष्ट विशेषज्ञहरू सहभागी थिए  मस्कुलोस्केलेटल अंकोलजी सोसाइटी वीर अस्पताल, ट्रमा सेन्टरका डा. जनिथ लाल सिंहको अगुवाइमा हालै गठन भएको सार्कोमा विशेषज्ञहरूको संस्था हो  डा. सिंहले मुलुकमा समय सापेक्ष राष्ट्रिय नीति र जनशक्तिको अभावले सार्कोमा उपचारको पाटो उपेक्षित रहेको गुनासो गरे । क्यान्सर सम्बन्धी नेपाल आम नेपालीको पहुँचमा ल्याउन र यससँग सम्बन्धित आवश्यक पूर्वाधार र जनशक्ति विकासको लागि पहल गर्न सोसाइटीको गठन भएको बताइएको छ 

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC