janayatra

अमेरिकालाई शक्तिशाली जबाफ दिने उत्तर कोरियाको धम्की ।

Author जनयात्रा बुधबार, १६ कात्तिक २०७९

views
अमेरिकालाई शक्तिशाली जबाफ दिने उत्तर कोरियाको धम्की ।

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा संयुक्त राज्य अमेरिकाविरुद्ध "शक्तिशाली जबाफी कदम" चालिने भन्दै उत्तर कोरियाले धम्की दिएको छ। वाशिङ्गटन र सउलले सोमवारदेखि तिनीहरूको सबैभन्दा ठूलो मध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन् जुन शुक्रवार समाप्त हुने बताइएको छ। उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो। प्योङयाङले सन् २०१७ पछि पहिलो पटक परमाणुअस्त्र परीक्षणको तयारी गरिरहेको भन्ने गुप्तचर सूचनाहरूका माझ यी गतिविधिहरू भएका छन्।

 

उत्तर कोरियाको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, "यदि अमेरिकाले गम्भीर प्रकृतिको उक्साउने खाले सैनिक गतिविधिलाई निरन्तरता दिन कायमै राखेमा [उत्तर कोरियाबाट] अझै शक्तिशाली जबाफी कदम चालिनेछ। यदि [वाशिङ्गटन] आफ्नो सुरक्षा चासोलाई नसुहाउने खालको कुनै गम्भीर गतिविधि चाहँदैन भने उसले यस्ता अनुपयोगी र अप्रभावी युद्ध अभ्यासहरू तत्काल बन्द गर्नुपर्छ। होइन भने, अगाडिका सबै परिणामहरूको सम्पूर्ण जिम्मेवारी उसैले लिनुपर्छ। भिजिलन्ट स्टोर्म' नाम दिइएको हालको सैन्य अभ्यासमा सयौँ लडाकु विमान सहभागी छन् र तिनीहरूले दिनको चौबीसै घण्टा नक्कली आक्रमणको अवस्थाको अभ्यास गरिरहेका छन्।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC