janayatra

हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५३ जनाको मृत्यु ।

Author जनयात्रा सोमबार, १४ कात्तिक २०७९

views
हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५३ जनाको मृत्यु ।

दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५० जनाभन्दा धेरैको मृत्यु भएको छ। घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ। शनिवार साँझ भएको घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। हेलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो।घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ। साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानिसहरूलाई भीडले किचेको विवरणहरू आएका छन्।

सोलस्थित नेपाली दूतावासले घटनामा कोही नेपालीहरू परेकोबारे हालसम्म कुनै पनि विवरण नआएको जनाएको छ। घटनामा हालसम्म एकै जना पनि नेपाली नागरिक परेको विवरण आएको छैन," दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति भण्डारी प्याकुरेलले बीबीसीसँग भनिन्। कोरियाली आपतकालिन सेवाले भीडमा किचिएर मारिनेमा १९ जना विदेशी नागरिक रहेको जनाएको छ।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC