janayatra

तिन महिनामा व्यापार घाटा तीन खर्ब पुग्यो ।

Author जनयात्रा सोमबार, १४ कात्तिक २०७९

views
तिन महिनामा व्यापार घाटा तीन खर्ब पुग्यो ।

चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कुल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाखबराबर छ।  सो अवधिमा देशको कुल व्यापार रु चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाखबराबर भएको विभागले जनाएको छ। यस्तै, सो अवधिमा कुल निर्यात रु ४१ अर्ब ८२ करोडबराबरको भएको छ। आर्थिक वर्ष २०७८, ७९ को तुलनामा चालू आवको तीन महिनामा कुल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ।

गत आवमा कुल रु पाँच खर्ब ४३ अर्ब ५७ करोडबराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै रु चार खर्ब ४२ अर्ब ८१ करोडबराबरको मात्रै व्यापार भएको छ। यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो। गत आवमा रु चार खर्ब ७८ अर्ब ५२ करोडबराबरको माल वस्तु आयात भएकामा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई रु चार खर्ब ९९ करोडबराबरको माल सामान आयात भएको हो।

यस्तै, गत आवको तीन महिनामा रु ६५ अर्ब पाँच करोडबराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर रु ४१ अर्ब ८२ करोडबराबरको वस्तु निर्यात भएको हो। रासस

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC