janayatra

आकासिदो मूल्यवृद्धि ।

Author जनयात्रा शनिबार, ०५ कात्तिक २०७९

views
आकासिदो मूल्यवृद्धि ।

रुसयुक्रेन द्वन्द्वका कारण विश्वव्यापी रूपमै मूल्यवृद्धिले उचाइ लिएपछि त्यसको प्रभाव नेपालको भान्सासम्म आइपुगेको हो। त्यसमाथि कोभिडको वेलामा बिग्रिएको विश्वव्यापी चेन सप्लाईको प्रभाव पनि अहिले देखिन थालेको छ।

भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१७ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ रहेको छ। ०७८ भदौको तुलनामा ०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल, घिउ तथा तेल, रेस्टुरेन्ट तथा होटेल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ। यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत रहेका यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तुहरू उपसमूहको मूल्यवृद्धि क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत रहेको छ। भदौमा काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशतले मूल्यवृद्धि भएको छ। ०७८ भदौमा यी क्षेत्रमा क्रमशः ३.२३ प्रतिशत, ६.६५ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशत मूल्यवृद्धि भएको थियो।

© 2026 janayatra.com All rights reserved. | Design by OWC