janayatra

बेलायती प्रधानमन्त्री लिज ट्रसको राजीनामा ।

Author जनयात्रा शुक्रबार, ०४ कात्तिक २०७९

views
बेलायती प्रधानमन्त्री लिज ट्रसको राजीनामा ।

यूकेकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्। बिहीवार एक सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्। नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरेकी छिन्। ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्। ४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्। उनी पछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।तत्कालिन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनि बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू शुरू भएका थिए। त्यसबेला यता उनको कन्जरभेटिभ पार्टी भित्र उत्पन्न असन्तोषले पार्टीभरी नै आक्रोशको रूप लिएको थियो।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC