janayatra

माओवादी आन्दोलनको मुल नेतृत्व दलाल बनेपछि ।

Author जनयात्रा बिहिबार, ०३ कात्तिक २०७९

views

दृघकालिन जनुद्धको नाममा जनतालाई भ्रम छर्दै शान्तिपुर्ण कार्यनितिको नारा बोकेर सहर पसेको माओवादी  नेतृत्व । शान्तिपुर्ण सहरिया कार्यदिमामै अनतत् प्रतिक्रियावादी सत्तामा बिलीन हुन पुयो । युद्धमा हजारौ जनताले बलिदान गरे त्यतिकै संख्यामा घाईते अनि बेपत्ता, अपांग हुनु पर्यो । करोडौ जनता त्यसको प्रत्यक्ष मारमा परे । त्यतिवेलाको नेतृत्वलाई बिश्वास गरि जनताहरुले आफ्ना नानिवावु युद्धमा हाँसि हाँसि पठाए । आन्दोलनलाई चाहिने मात्रामा रगत,पसिना पठाई राखेको बेला एक्कासि माओवादी नेतृत्व शान्तिपुर्ण राजनितिको मुलधारमा उदायो । देशैभर एकचरण माओवादीमय भयो सत्तापनि माओवादी मय भयो । तर माओवादी मुल नेतृत्वको दिमाग भने खासमा माओवादी बिहिन भएको कुरा जनताले धरैपछि मात्रै थाहापाए । जतिवेला जनता सँग युद्धको क्षेति वाहेक, पीडा, आक्रोस वाहेक केहि थिएन । जनतासँग एकातिर आफ्ना सन्तान गुमाएको पीडा थियो । अर्कोतिर युद्धमा भएको घाईते शरिर सम्हालनु परेको थियो । कति सन्तान बेप्ता बनाईएका थिए त्यसको जवाफ नत माओवादी नेतृत्वले दिन सकेको थियो नत त्येतिवेलाको राज्य सत्ताले । नयाँ सत्ता बनाउने र पुरानो सत्ता टिकाउन चाहने बिचको चेपुवामा जनता परेका थिए । त्यति हुदा पनि नयाँ सत्ता बनाउनेहरु सँग जनताको माया, चासो र साथ सहयोग सत्तापक्ष भन्दा कयौँ गुणा बढि थियो । नयाँ सत्ता बनाउनेको पक्षमा हुनु भनेको मृत्युलाई स्युकार्नु जस्तै थियो । जो इमान्दार पुर्वक मृत्युलाई हाँसि हाँसि स्युकार्न तयार भए सायद ति शहिद भए बचेका घाईते अनि बेप्ता हुनु पर्यो । बलात्कार र अनाहकमै गरिने राज्य पक्षवाटको कुटाई पीटाईको त कुरै नगरौँ । त्यतिवेला राज्यपक्षका सुरक्षाकर्मीवाट बलात्कार नभएका गाँऊमा कमै चेलिहरु होलान जो हाम्रो बर्गका हुन । माओवादी आन्दोलनमा आस्था राखेकै आसंकामा होस या घरको भित्तामा राज्य बिरुद्ध माओवादीहरुले लेखेका राजनैतिक नारा, या माओवादीलाई खाना खुवायको बाहना बनाएर सरकारि पक्षका जल्लादहरुले अनाहकमै जनतालाई गोरु चुटझै चुटथे र गोलिले भुट्थे । अनावश्यक यतना बाट बच्न कुटाईखाने जनता कित मर्नु पथ्र्यो कित कुटने सरकारि जल्लाद थाक्नु पथ्र्यो । अवस्था कति सम्मको बनेको थियो भने जनताको शरिरको सार्वभौम अधिकार केवल जल्लादहरु सँगै थियो । अधिकार मात्रै हैन मृत्यु र जिवन पनि उनिहरुकै ईच्छामा थियो । उनिहरुले चाहे बलात्कार गर्ने चाहे कुटने,मार्ने र बेपत्ता बनाउथे ।  दृश्य, घटना परिघटना यस्ता थिए त्यो बलात्कार हुने र गर्ने, कुटाईखाने र कुटने, युद्धमा घाईतेहुने र मर्ने आखिर सवै एउटै बर्गका थिए । फरक केवल उनिहरुको नेतृत्व गर्ने शासक बर्ग मात्रै थियो । अझ भनौ कतिपय घटनाहरुमा त छोरिले बा मारेको, दाईले भाई मारेको, मार्न नसकेर जागिर छाडेको दर्जनौ सयौँ घटनाहरु ताजै छन । उक्त घटनाका पात्रहरुपनि अधिकांस जिवीतै छन ।

   युद्धमा भागलिँदा जेल परेकाहरु आस्थाका बन्दिहरु शान्तिपछि यतनाले निरिह भएको दुखाईको खानि शरिर लगेर घर फिरे जहाँ त्यहि दुख र कष्टले भरिएको भुपडिमा सिवाय केहि थिएन । सहिदका नाममा बनाईएका सयौ शहिदगेटहरु खण्डहर बने । घाईते नानि, बावुलाई स्याहार्दै शहिद र ब्यपत्ता भएकाहरुका सन्तानहरुलाई हेर्दे बुढा बाआमा घरको पीढिमा आँसु झार्दै मृत्युको दिन पर्खेर बसे । उता रगत र पसिनाको आहालमा जन्मे हुर्केका माओवादी नेताहरु सहर पसे, चिल्ला गाडि र महलमा डिनर गर्न थाले । माओवादी नेताहरु गाँऊ बाट शान्तिको नाममा एका एक नव शहरिया बने । गरिव बाट राता रात धनि बने । रगत सँग साँटिएका हतियार प्रतिक्रियावादी सत्तालाई सुम्पिए । लुकाईएका हतियार माओवादी हेडक्वाटरले करोडौमा बेचेको हल्ला फैलियो ।  सत्तालाई रक्षा गर्ने जनमुक्ति सेनाको टाउको गनेर प्रतिक्रीयावादी सत्ता सँग अर्वौ रकम माओवादी नेताहरुले लुटे । उता शान्तिकाल पछि गाँऊका जालि फटाहा फेरि सानसौकात र तामझामका साथ जनता लुटन पुगे  सारमा गरिवहरुको सत्ता ढल्यो । फेरि जालिफटाहको सत्ता र रजगज चल्न थाल्यो ।

     माओवादी दलाल नेतृत्व चुनाव ताका मात्रै गाँऊमा फर्किने त्यो पनि सत्तामा पुग्न भोट माग्नका लागि । मन्त्रि बनेपछि भेटन पुगेका सहिद,घाईते, बेप्ता परिवारलाई सिंगदरवार छिर्न नदिने छिर्नका लागि आफ्ना सन्तान गुमाएका प्रमाणपत्र पेस गर्नु पर्ने अवस्था आयो । उता गाँऊमा हिजोका ति प्रतिक्रियावादी लुटेराहरु सँग छोटे माओवादी दलाल नेताहरु मिलेर शहिदहरुको नाममा आएको रकम पनि रक्सि र मासुभात खाएको बिल पेस गर्दै असुल्न थाले । युद्धको बेला तास खेल्नेलाई तास खुवाउने र रक्सि खानेलाई भौतिक कार्वाहि गर्ने माओवादी दलाल नेताहरु शान्तिकालको केहि समयमै आफै रक्सिको डिलर राख्ने र रक्सि अनि तास बिना जिवनचर्या नकटने अवस्थामा पुगे । जनमुक्ति सेनाका दलाल कमाण्डरहरु मुर्ति चोरि गर्ने देखि भुमाफिया सम्मका दलालहरु बनेर अकुत सम्पतिको जोहोमा लागे । जो दलाल नेता र कमाण्डरको पछि लागेर दलाल बन्न तयार भएनन् । रक्सि र तासका अम्मलि हुन सकेन्न । ति लाखौँ इमान्दार जनमुक्ति योद्धाहरु रोजगारिको खोजिमा घाईते शरिर बोक्दै अरव खाडि तिर बेचिन बाध्य बने । जनताको आत्मसम्मान र आम महिला समुदाएको मुक्तिका खातिर मर्न हिडेका महिला जनमुक्तिसेनाहरु एकछाक टार्न र कएसरो कपडा बदल्न देश देखि बिदेसका गल्लिमा भौतारिन थाले । मानव तस्करहरुको पहिलो निसानामा तिनै मुक्तियोद्धा बने । ति लाखौ मुक्ति योद्धाहरु बेच्ने अरुकोहि नभएर सहरिया बनेका नव धनाढ्य माओवादी दलाल नेताहरु र उनीहरुका आसेपासेहरुले खोलेका मेनपावर कम्पनि थिए ।

 शान्तिकाल पछि गौर हत्याकाण्ड भयो । उक्त हत्याकाण्ड मा दर्जनौ जनमुक्ति योद्धा मारिए । दिउसै गौर मुक्तियोद्धाहरुको रगतले रंगीयो । जनहत्याराहरुले यति सम्मको निर्ममता पुर्वक जनमुक्ति योद्धाको हत्या गरेकि सुन्दापनि असह्य पीडा र आक्रोसको मनमा ज्वाला दन्किन्छ । घटना वाट बाँच्न सफल ब्यक्तिहरुको बयान अनुसार जनसांस्कृतिक टिमका महिला योद्धाहरुलाई छोपेर गुप्ताँकमा लाठिले घोचि घोचि मारिएको थियो । पुलिस प्रशासन दर्सक बनेको थियो । त्यो घटनाका मुख्य योजनाकार अरु कोहि नभएर मधेशवादी दलहरुकै महत्वपुर्ण नेता भनाउदा दलालहरु थिए । जो  माओवादी आन्दोलन र बिचार छाडेका एउटै पार्टी बनाएर घाँटि जोडेर रमाएका थिए भने प्रचण्ड अगाडि पछाडि लगाएर हिडछन् । यता प्रचण्डको दाहिने हात कांग्रेस र मधेसवादी दल अनि बावुराम बनेकाछन । माओवादी आन्दोलनको नेतृत्व गर्ने मुल नेतृत्वहरुका सन्तान जनमुक्ति योद्धा जस्तै मारिएको भए सायद आज जनताले त्यो ताण्डव नृत्य बारंवार हेरि राख्नु पर्ने थिएन होला नत माओवादी आन्दोलन प्रतिक्रियावादी सत्तामा सहजै बिलिन हुने अवस्था आउने थियो । किनकी बलिदान यस्तो चिज हो जसको पुर्ण मुक्ति बिना उसको उद्देश्य र सपना हाँसिल हुदैन । बलिदान गर्नेले कहिलै त्यसको मुल्य र सपनालाई अलपत्र पार्न सक्दैन । यतिवेला माओवादी आन्दोलनको ठुलो हिस्सा केन्द्र देखि स्थानिय तह सम्म प्रतिकृयावादी सत्ताको सक्कलि नोकरशास बनेकाछन । बाँकि हिस्सा बिभिन्न टुटफुट हुदैँ फरक फरक नामका पार्टी ब्यानर चलाई राखेकाछन । बिचार, सिद्धान्त,कार्यदिशा, कार्यक्रम र संगठन हुवहु मिल्दापनि क्रान्तिकारि कम्युनिष्टहरु बिचको एकता उनिहरुका लागि छितिजको बिषय बनेको छ । बिधमान ब्यवस्था, सत्ता र त्यसको नेतृत्व गर्ने शासक अनि राजनैतिक पार्टी देश र जनताको नेतृत्व गर्ने स्वालमा पुराका पुरा असफल हुदाँ पनि । बिधमान ब्यवस्था विरोधि अझ जनयुद्धको सपना पुरागर्ने भनि नयाँ तयारीमा जुटेकाहरु हिजोका माओवादी आन्दोलनको खेमा बिच बेमेल मात्रै छैन बिधमान ब्यवस्था बिरोधि न्युनतम आन्दोलन को उठान गर्नपनि सकि राखेकाछैनन् एकले अर्कोलाई आरोप प्रत्यारोपको घिनलाग्दो खेल खेलि राखेकाछन् । जनजिविका, जनतन्त्र र राष्ट्रियताले क्रान्तिकारि,कम्युनिष्टलाई हेर्ने । जनताहरुले झिनो भएपनि आसा गर्ने तर नेतृत्वले टुलुटुलु हेर्ने अवस्था आएको छ ।  यो हुनुमा भुप्रै सैद्धान्तिक, राजनैतिक, सांगठानिक समस्याहोलान तर मुल समस्या भनेको जनताको बलिदान र सपना प्रति ईमान्दार नहुने नेतृत्व भएको मा सायद कसैको बिमति नहोला ।

क.मुक्ति ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC