janayatra

करोड र अर्बपतिहरुको चुनाब ।

Author जनयात्रा मङ्गलबार, ०१ कात्तिक २०७९

views

आसन्न निर्वाचनमा सवा ३४ अर्ब रुपैयाँ वैधानिक रूपमै खर्च हुने देखिएको छ सरकारले निर्वाचन प्रयोजनका लागि २० अर्ब चार करोड ८३ लाख बजेट छुट्याएको भने निर्वाचन आयोगले तोकिदिएको खर्च सीमाअनुसार दल उम्मेदवारहरूले झन्डै १५ अर्ब खर्च गर्न पाउँछन् तर, दल र उम्मेदवारले अदृश्य रूपमा धेरै खर्च गर्ने भएकाले समग्र वास्तविक खर्च एक खर्ब हाराहारी पुग्ने जानकारहरूको अनुमान छ

सरकारले निर्वाचन आयोगलाई १० अर्ब र सुरक्षा निकायलाई १० अर्ब चार करोड ८३ लाख बजेट दिने निर्णय गरेको छ त्यस्तै, आयोगले तोकिदिएको सीमाअनुसार संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवारले १३ अर्ब १२ करोड चार लाख र समानुपातिक उम्मेदवारका लागि राजनीतिक दलले एक अर्ब नौ करोड ६७ लाख खर्च गर्न सक्नेछन् 

प्रतिनिधिसभाका लागि प्रत्यक्ष उम्मेदवार दुई हजार चार सय सय १२ छन् यी उम्मेदवारले जनही औसत २९ लाख खर्च गर्न सक्ने गरी निर्वाचन आयोगले सीमा तोकेको यसलाई आधार मान्दा संघका कुल उम्मेदवारले अर्ब ९९ करोड ४८ लाख रुपैयाँ खर्च गर्न सक्नेछन् त्यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षतर्फ तीन हजार दुई सय २४ उम्मेदवार छन् उनीहरूले खर्च गर्न पाउने औसत सीमा १९ लाख तोकिएको यस हिसाबले प्रदेश उम्मेदवारले अर्ब १२ करोड ५६ लाख खर्च गर्न सक्नेछन् 

त्यस्तै, समानुपातिक उम्मेदवारका लागि संघतर्फ अधिकतम दुई लाख र प्रदेशतर्फ अधिकतम डेढ लाख खर्चको सीमा तोकिएको छ प्रतिनिधिसभाका लागि ४८ दलले दुई हजार चार सय सय ३६ उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् यसमा दलहरूको कुल खर्च ४८ करोड ७२ लाख हुने देखिन्छ प्रदेशको समानुपातिकमा भने चार हजार ५७ उम्मेदवारको खर्च ६० करोड ८५ लाख हुने देखिन्छ प्रत्यक्ष समानुपातिकतर्फका नगण्य उम्मेदवारले मात्रै आयोगले तोकेको सिलिङभित्रै रहेर खर्च गर्ने गरेको अध्धयनले नै देखाएको तर, चुनावमा तोकिएको अर्थात् देखिनेबाहेक नदेखिने खर्च धेरै हुने भएकाले खर्चको अंक अझ धेरै बढी हुने राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फँुयालले बताए सरकारले गर्ने खर्च देखिने हो निर्वाचन आयोगले तोकिदिएको सीमामा रहेर दल उम्मेदवारले गर्ने खर्च पनि देखिने नै हो,’ उनले भने, ‘तर, दल र उम्मेदवारले अन्य खर्च पनि गर्छन् भन्ने देखेसुनेकै हो अघिल्ला चुनावका अनुभव, मूल्यांकन र विश्लेषणले आसन्न चुनावमा एक खर्ब रुपैयाँ हाराहारी खर्च हुने आकलन गरिएको छ ।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC