janayatra

संस्कृतिविद् जोशीको निधनमा सार्वजनिक बिदा ।

Author जनयात्रा मङ्गलबार, ०१ कात्तिक २०७९

views
संस्कृतिविद् जोशीको निधनमा सार्वजनिक बिदा ।

काठमाडौँ नेपाल सरकारले संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो 


संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छसूचनामा भनिएको छ  १०३ वर्षका जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको हो बिरामी परेका उनलाई ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल भर्ना गरिएको थियो


© 2026 janayatra.com All rights reserved. | Design by OWC